• Monday, April 21, 2025

एक हजार ६६७ सङ्क्रमित, २५१ सङ्क्रमणमुक्त, ११ को मृत्यु

काठमाडौं, बैशाख ७ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ६६७ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ६६७ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । हाल आठ हजार ६५९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६९३ जनाको एन्टीजेन परीक्षण गरेकोमा ६९ जनामा पोजिटिभ पाइएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७५ हजार ८०६ जना सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमित निको हुने दर ९५.९ प्रतिशत पुगेको हो ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । २४ घण्टाभित्र ११ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले तीन हजार १०२ जनाले ज्यान गुमाएका छन् ।

हाल ९२ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter