पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : मन्त्री ढकाल

चितवन, वैशाख ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो ।

कोरोनाका कारण अघिल्लो वर्षसमेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रलाई अघिल्लो वर्षको अनुभवका आधारमा कम असर हुने गरी काम गर्नुपर्छ ।” पर्यटन क्षेत्रका लागि सरकारले प्याकेज ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने ढकालको भनाइ थियो । जनताले जिम्मेवारी पूर्ण ढङ्गले साथ दिएमा सरकारले लकडाउन नगरिकन कोरोना नियन्त्रणमा लिनसक्ने उहाँले बताउनुभयो ।

गत बुधबार माडीमा रामधाममा मूर्ति स्थापनाका लागि चितवन आउनुभएका मन्त्री ढकालले राज्यले सो क्षेत्रको विकासका लागि योजनाबद्ध तवरले काम अघि बढाउने बताउनुभयो । रासस ‘

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter