इतिहास झल्किने, आधुनिकता टल्किने धरहराको उद्घाटन गर्न पाउँदा खुशी छुः प्रधानमन्त्री

सपना थामी / काठमाडौं,वैशाख ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित धरहराको औपचारिक उद्घाटन गर्दै इतिहास झल्किने आधुनिकता टल्किने ऐतिहासिक धरहराको औपचारिक उद्घाटन गर्न पाउँदा खुशी लागेकोे बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक धरहरा देशकोे अतित, इतिहास र जनभावनासँग जोडिएको बताउनुभयो । धरहरा भाँचिदा हाम्रो मन भाँचिएको र इतिहास नै भाँचिएको जस्तो किन हुन्छ ? र धरहरा उठ्दा आफ्नो मन नै उठेजस्तो किन हुन्छ ? किनकी, धरहरा हाम्रो जनजीविका र इतिहाससँग जोडिएको छ, प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सो अवसरमा धरहराको २० तला माथिबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नुभयो । धरहरा पुनर्निर्माणमा सर्वसाधारण जनताले गरेको २४ करोड सहयोग समेत यसमा सामावेश भएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो ।

ऐतिहासिक धरहरा २०७२ को भुकम्प्ले क्षतिग्रस्त बनाएको थियो । प्रधानमन्त्री ओलीले म बनाउँछु मेरो धरहरा भन्दै धरहरा पुननिर्माणको औपचारिक शिलान्यास गर्नुभएको थियो । बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको जस्तो देखिए पनि भित्री संरचना भने सुविधा सम्पन्न २२ तलाको छ ।

यो जमिनबाट ८३.८५ मिटर अग्लाे छ । योभन्दा पहिले ६१.८८ मिटरको थियो । १९९० सालको भुइँचालो अघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । अहिले धरहरामा दुई वटा लिफ्ट जडान गरिएको छ । पार्किङ क्षेत्र, २४ सै घण्टा पानी झर्ने व्यावस्था, सङ्गीतमय बगैंचा बनाइएको छ ।

प्रधानमनत्री ओलीले भन्नुभयो,“इतिहास झल्किने आधुनिकता टल्किने धरहरा निर्माणका लागि जगदेखि संरक्षणको कुरालाई ध्यानमा राखेर भव्य, सुन्दर र मजबुट धरहरा बनेको छ ।” २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राखेर संरक्षित गर्ने योजना छ ।

महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए । २०७२ सालको भूकम्पमा पुनः भत्किएपछि आर्थिक कोष निर्माण गरी ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter