तीन हजार ३२ सङ्क्रमित थपिए, उपत्यकामा एक हजार ४९८; चौबीस घण्टामा नेपालमा २८ सङ्क्रमितको मृत्यु

काठमाडौं, वैशाख १२ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ११९ जना सङ्क्रमित भएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४९८ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा सबैभन्दा बढी एक हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७८६ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ९० जनामा सङ्क्रमण पोजिटिभ पाइएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७७ हजार ५७३ पुगेको छ । मन्त्रालयले हाल १९ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । ६९ जना हाल क्वारेन्टिनमा छन् । एक हजार ५९४ जना संस्थागत् आइसोलेशनमा र १७ हजार ७८८ जना होम आइसोलेशनमा छन् ।

चौबीस घण्टामा नेपालमा २८ सङ्क्रमितको मृत्यु

नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको जनाएको छ। चौबीस घण्टामा मात्रै १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter