चार रेक्टर माथिका ५५२ पराकम्प, ९३ प्रतिशत निजी आवाश निर्माण

विष्णु पाण्डेय / काठमाडौँ, बैशाख १२ गते । २०७२ सालमा आएको गाेरखा भूकम्पको आज छ वर्ष पूरा भएको छ । ०७२ सालमा आजकै दिन अर्थात बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएको ६.७ रेक्टरस्केलको भूकम्पले भैतिक क्षति गर्नुका साथै मानवीय क्षति पनि गर्यो ।

गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५५२ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सूचना अधिकारी भरत कोईरालाले बताउनुभयो ।

उतm भूकम्पमा परि आठ हजार ६५९ जनाको ज्यान गएको थियो भने २१ हजार ९ सय ५२ जना घाईते भएका थिए । भूकम्पले करीब १० लाख निजी आवास , सात हजार ५५३ विद्यालय , ४९ हजार ६८१ कक्षाकोठा , ५ सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।

यसैगरी ४ सय १५ सरकारी भवन ,९२० सांस्कृतिक सम्पदा ,सुरक्षा निकायका ३ सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी सँरचना ,५३ सडक र २ ९९ माानव बस्तीमा पनि क्षति पुगेको पुननिर्माण प्राधीकरणको तथ्याङकमा छ । बारपाक भूकम्पबाट ओखलढुङगा ,दोलखा , रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, भक्तपुर, ललितपुर , काठमाडौं,रसुवा,नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्ला बढि प्रभावित भएका थिए ।

यसैगरी सङखुवासभा ,भोजपुर, खोटाङ, सोलुखुम्बु , चिवन, तनहुँ ,लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, अर्घाखाँची, पूर्वि नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

भूकम्पबाट भएको मानवीय क्षतिलाई पुनःस्थापित गर्न नसकिएपनि भौतिक क्षतिको पुनस्थापना गर्ने उद्देश्यले वि स २०७२ साल पौष १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भयो ।

पुनर्निर्माण र पुनःस्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहिको ७ लाख ५३ हजार १०४ अर्थात झण्डै ९३ प्रतिशत पुगेको छ ।

भुकम्पले भत्किएका करीब १० लाख घरमध्ये ५ लाख ९३ हजार ९ सय ९३ घर पुनर्निर्माण भैसकेका छन् । ६ बर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७ सय ५४ घरधनिले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधीकरणको लाभग्राही सूचिमा समावेश भएर सम्झैता गरेका छन् ।

हालसम्म आठ लाख १० हजार ६ सय ३५ लाभग्राहिले पहिलो किस्ता ५० हजार बुझेका छन् । ६ लाख ९९ हजार ६ सय ३ लाभग्राहिले दोस्रो किस्तावापत १ लाख लिएका थिए । घर सम्पन्न गरेर ६ लाख ५७ लाभग्राहीले तेस्रो किस्ता १ लाख ५० हजार लिएका छन् । चालु आ.व ०७७÷ ७८ भित्र निजी आवास पुनःनिर्माणका मुलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

निजि आवास पुनः निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासा आएकामा ती सबैको सम्वोधन गरीएको प्राधिकरणले जनाएको छ । पुनर्निर्माणबाट भएकाृ गुनासो सुनुवाईमा पनि चित्त नबुझ्नेहरुका लागि जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समिति मार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाईएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter