शङ्ख पार्कमा खुला शारीरिक व्यायामशाला

शिवा तामाङ / काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ महानगरपालिकाको वडा ४ स्थित शङ्खपार्कमा खुला शारीरिक व्यायामशाला सञ्चालन भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सोमवार उक्त शारीरिक व्यायाम गर्ने स्थानको उद्घाटन गर्दै यहाँ व्यायाम गर्न आउने उपभोक्ताबाट आएको प्रतिक्रियाका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

प्रमुख शाक्यले अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको बताउनुभयो ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पार्क संस्कार जोगाउन सके सामाजिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउँदै व्यवस्थित पार्कले स्थानीयको शारीरिक र मानसिक स्वास्थ्य मजबुत हुने बताउनुभयो ।

पार्कमा जडान गरिएका सामानको उपयोग गर्दै वडाध्यक्ष मोहनबहादुर विष्टले, वडाका अन्य पार्कमा पनि सामान जडान गर्ने विचार व्यक्त गर्नुभयो ।

व्यायाम स्थानमा राखिएका उपकरणहरु एव्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टरलगायत हरेक उमेर समूहका व्यक्तिले प्रयोग गर्न सक्ने आठ लाख रुपियाँ बराबरका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter