तीन हजार ४४२ सङ्क्रमित, ३७८ कोरोनामुक्त, १२ को मृत्यु; बैशाख १६ देखि काठमाडौमा अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक

काठमाडौं, बैशाख १३ गते । नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालका कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख तीन हजार ५६१ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ८९३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ११४ जनामा पोजिटिभ पाइएको छ ।

मन्त्रालयका अनुसार चौबीस घण्टामा ३७८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७७ हजार ९५१ जना निको भइसकेका छन् । हाल निको हुने दर ९१.५ प्रतिशत पुगेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टाभित्रमा १२ जना सङ्क्रमितको मृत्युको रिपोर्ट प्राप्त भएको जनाएको छ । सोही अबधिमा ७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणले तीन हजार १७६ जनाको मृत्यु भइसकेको छ ।

हाल ६५ जना क्वारेन्टिनमा र २२ हजार ४३४ जना आइसोलेशनमा छन् ।

बैशाख १६ देखि २२ गतेसम्म काठमाडौमा अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्म सार्वजनिक यातायता सञ्चालनमा रोक लगाइएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुको आजको संयुक्त बैठकले सो निर्णय गरेको हो । काठमाडाै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बैशाख १६ गते विहान छ बजे देखि बैशाख २२ गते राती १२ बजेसम्म अत्यावश्यक सेवाका बाहेकका सार्वजनिक तथा निजी यातायात सञ्चालनमा राेक ।

साथै खाद्यसँग सम्बन्धित पसलहरू विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न सकिने व्यबस्था गरिएकाे छ । साथै काठमाडाैं उपत्यका प्रवेश गर्न चहाने व्यक्तिले अनिवर्य रूपमा स्थानीय तहले ताेकेकाे क्वारेन्टाइन र हाेम अाइसाेलेसनमा बस्नु पर्ने व्यबस्था गरिएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter