• Friday, April 11, 2025

चार हजार ७७४ सङ्क्रमित, उपत्यकामा दुई हजार ४७ जना

काठमाडौं, वैशाख १५ गते । नेपालमा कोरोना भाइरसका चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ७७४ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको क्रममा चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ६९९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित बढ्दै जाँदा र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर ८९.३ प्रतिशतमा झरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९५५ जनाको एन्टीजेन परीषण गरिएको छ । जसमध्ये १२३ मा पोजिटिभ पाइएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा एक हजार ४६४ जना सङ्क्रमित पहिचान गरिएको छ ।

मन्त्रालयले हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा रहेको जनाएको छ । हाल ५४ जना क्वारेन्टिनमा र ३० हजार २०९ जना आइसोलेशनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter