• Friday, April 11, 2025

पेन्सन लिन बैंक हाजिर हुनुपर्ने व्यवस्था असार मसान्तसम्मका लागि हटाइयाे

काठमाडौं, वैशाख १८ गते । कोरोना सङ्क्रमण अवस्था विकराल बन्दै गएपछि महालेखा नियन्त्रक कार्यालयले पेन्सन लिने बैंकमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाएको छ । सरकारी सेवाबाट निवृत्त भई निबृत्तिभरण पाइ राख्नु भएका निबृत्तभरकहरुले बैंकमा ६/६ महिनामा अनिवार्य रुपमा बैंकमा हाजिर हुनुपर्ने व्यवस्था थियो ।

कार्यालयले यस व्यवस्थालाई सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधिभित्र हुने गरी पेन्सन वितरण गर्ने गरी यो व्यवस्थालाई असार मसान्तसम्मका लागि लागु गरेको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो । निवृत्तीभरण आफ्नो बैंक खाताबाट सोझै लिन सकिने व्यवस्थासमेत गरेको पौडेलले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter