सात हजार १३७ सङ्क्रमित, उपत्यकाका मात्रै तीन हजार ५९५; सात हजार शय्या थपिँदैः उपत्यकामा हजार शय्या आजै थपियाे

नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १६ हजार १४७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार १३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै तीन हजार ५९५ जना छन् । भक्तपुरका ३०१, ललितपुरका ५५० र काठमाडौंका दुई हजार ७४४ छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ६१२ जना सङ्क्रमित निको भएका छन् । सोही अबधिमा २७ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

सात हजार शय्या थपिँदैः उपत्यकामा हजार शय्या आजै थपियाे

काठमाडौँ, वैशाख १९ गते । सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिनुभयो । शय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुनेछ ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो ।

उहाँका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय-सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०-१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा अधिकारीले काठमाडाँै मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००-४०० दरका एक हजार २०० शय्या चाँडै बन्ने बताउनुभयो ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००– ५०० र जनमैत्री अस्पतालमा १२० शय्या बन्नेछन् । उहाँले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शय्या छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter