नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी र एकदिवसीय वरीयतामा माथि उक्लियो

काठमाडौं, वैशाख २० गते । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा पुनः माथि उक्लेको छ । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृङ्खला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरीयतामा पुनः एक स्थानमाथि उक्लेको हो ।

आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १३ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो । पछिल्लोपटक नेपालले स्कटल्याण्ड र यूएईलाई उछिनेको छ । यसअघि स्कटल्याण्ड १३ औं स्थानमा थियो । स्कटल्याण्ड अब १४ औं स्थानमा चिप्लिँदा यूएई १५ औं स्थानमा पुगेको छ । नेपालभन्दामाथि टेष्ट मान्यता प्राप्त राष्ट्रहरु छन् । आयरल्याण्ड १२ औं स्थानमा छ ।

नयाँ वरीयता बमोजिम नेपालको रेटिंग्स १८७ पुगेको छ । आयरल्याण्डको रेटिंग्स १८८ छ । ११ औं स्थानको जिम्बाबवेको रेटिंग्स १९१ छ । नेपालले १९ खेलबाट तीन हजार ५५६ अङ्क जोडेको छ । आयरल्याण्डको १८ खेलबाट तीन हजार ३८८ अङ्क छ ।

आईसीसीको नयाँ वरीयतामा इंग्ल्याण्ड शीर्षस्थानमा यथावत् छ ।

त्यसैगरी, नेपालले अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटको विश्व वरियतामा समेत एक स्थानमाथि उक्लेको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल आईसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा १६ औं स्थानमा उक्लेको छ । अन्तर्राष्ट्रिय एकदिबसीयमा भने नेदरल्याण्ड्स ११ औं स्थानमा छ । नेपालभन्दामाथि आयरल्याण्ड, जिम्बाबवे, ओमान, स्कटल्याण्ड छन् । नेपालले एकदिबसीय क्रिकेटमा यूएईलाई उछिनेको हो ।

आईसीसीको नयाँ वरीयतामा न्युजिल्याण्ड अन्तर्राष्ट्रिय एकदिबसीयको शीर्ष स्थनमा छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो तथा इंग्ल्याण्ड चौथो स्थानमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter