विदेशको कमाइ, स्वदेशमै सात करोड लगानीमा कृषि फर्म

हरिप्रसाद कोइराला / रतुवामाई(मोरङ),वैशाख २१ गते । वैदेशिक रोजगारमा डेढ दशक पसिना बगाएर स्वदेश फर्किएका कार्की दाजुभाइले मोरङको रतुवामाई–८ झुनावारीमा सात करोड २५ लाख रुपियाँ लगानी गरी बहुउदेश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।

झुनाबारीको दुई बाली धान फल्ने नौ विगाहा खेत प्रति बिघा ४२ लाख रुपियाँका दरले खरिद गरेर उहाँहरूले सोही जग्गामा कृषि तथा पशुपालन उद्यम सुरु गर्नु भएको हो । अहिले एक हजार बङ्गुर, छसय बोयर बाख्रा, छसय टर्की, दुईसय स्थानीय कुखुरा, छसय कडकनाथ पाल्न सकिने गरी अलग अलग बिशाल गोठ निर्माण भइरहेका छन् ।

गत वर्ष काम सुरु गरेपछि देशमा सुरु भएको बन्दाबन्दीले उहाँहरूलाई ६ महिना पछि थकेल्यो । बङ्गुरका पाठा गोठमा हाल्न ढिलो भयो । यतिबेला सम्ममा पाठा पाठी उत्पादन गरेर बजार पठाउने लक्ष्य थियो । तर, गोठको संरचना बनाउन बन्दाबन्दीले पाइएन भने पाठापाठी सप्लायर्सले पाठापाठी पनि दिन सकेन । सञ्चालक शैलेन्द्र कार्कीले भन्नुभयो–अष्ट्रेलिया र दक्षिण अफ्रिकाबाट शत प्रतिशत बोयर बाख्रा र बोका माग गरेका थियौं । बन्दाबन्दीका कारण सप्लायर्सले ल्याइदिन सकेन ।

त्यस्तै एक विगाहा जग्गामा दुई वटा माछा पोखरी निर्माण गरिएको छ । पोखरीमा विभिन्न ६ प्रजातिका माछा हालेको सञ्चालक शैलेन्द्र कार्कीले बताउनुभयो । १० वर्ष भारतमा होटल ब्यवसाय गरेर फर्कनु भएका कार्कीले भन्नुभयो–फेरि भारत नफर्किने निर्णय गरें । दाजुभाइ मिलेर कृषि र पशुपालनका क्षेत्रमा रोजगार सिर्जना गर्ने गरी ब्यावसाय थालेका हौं ।

उहाँका भाइ टेकराज कर्कीले १२ वर्ष न्युजिल्याण्ड बसेर कमाएको सबै पैसा कृषि उद्यममा लगानी गर्नुभएको छ । उहाँले भन्नुभयो– ३ वर्ष भित्र १२ करोड लगानी पु¥याउने र वार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य छ । टेकराज र शैलेन्द्रसँगै साइला भाइ सुमन कार्कीले पनि कृषि र पशुपालनबाटै आर्थिक रुपमा समृद्ध बन्ने सपना देख्नुभएको छ । ११ वर्ष दुवई ,कतार र मलेसिया बसेपछि उहाँको वैदेशिक रोजगारको यात्रामा पूर्णविराम लागेको छ । उहाँले भन्नुभयो – विदेशमा दैनिक १४ घण्टा सम्म काम गरियो । स्वदेशमा त्यति नै समय लगानी गर्दा यहीँ दुई÷चार लाख कमाउन सकिन्छ होला । उहाँले विदेशमा कमाएको सबै पैसा बहुदेश्यीय कृषि फर्ममा लगानी गरेको बताउनु भयो । गतवर्षको माघमा फर्म दर्ता गरेर ब्यवसाय सुरु गर्नु भएका कार्की दाजुभाइलाई उहाँहरूका मामा राजेन्द्र बुढाथोकीले समेत साझेदारको रुपमा सहयोग गर्नुभएको छ । बुढाथोकी पनि आठ वर्ष साउदीअरवमा पसिना बगाएर फर्किनु भएको हो ।

उहाँहरूले बोयर बाख्रा आइहाल्छ भनेर गत वर्ष नै तीन विगाहा जमिनमा सुपर नेपियर जातको घाँस लगाउनु भएको थियो ,। अहिले उहाँहरू त्यही घाँस बिक्री गरिरहनु भएको छ । अढाई लाख रुपियाँका घाँसका बिरुवा बिक्री गरिसकेको सञ्चालक सुमन कार्कीले बताउनु भयो ।

उहाँहरूले अहिलेसम्म बैंकबाट ऋण लिनुभएको छैन । शैलेन्द्र कार्कीले भन्नुभयो – बन्दाबन्दीले बाख्रा र बङ्गुर हाल्न ढिलाई भयो । त्यसैले केही घाटा ब्योहोर्नु प¥यो । फेरि बन्दाबन्दी सुरु हुँदा उहाँहरूलाई पुन काम रोकिएला कि भन्ने चिन्ता छ । यद्यपि सबै लगानी आफ्नै भएकोले बैंकले पत्र पठाउँला भन्ने डर छैन् । बन्दाबन्दीले काम रोकिएन भने जेठको पहिलो साता बोयर बाख्रा,बङ्गुर र टर्की गोठमा हालिसक्ने शैलेन्द्र सुनाउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter