सात हजार ५८७ थपिए, एक हजार ७७५ कोरोनामुक्त, ५५ को मृत्यु

काठमाडौं, बैशाख २१ गते । नेपालमा कोरोनाभाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेको उल्लेख गरेको छ । हालसम्म २५ लाख ३७ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ५९ हजार ७९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ७७५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म दुई लाख ८७ हजार ७९० जना कोरोनामुक्त भएका हुन् । हाल २५३ जना क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोनाबाट कुल तीन हजार ४१७ जनाको मृत्यु भएको छ । चौबीस घण्टामा दत्र्ता गरिएको मृतकको संख्या अहिलेसम्मकै उच्च हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter