आठ हजार ९७० थपिए, दुई हजार ७०७ कोरोनामुक्त, ५४ को मृत्यु

काठमाडौं, बैशाख २३ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ९७० मा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुने तीन लाख ६८ हजार ५८० पुगेको जनाएको छ । हाल ७२ हजार ५६१ मा सङ्क्रमण सक्रिय अवस्थामा छ । मन्त्रालयले चौबीस घण्टाको अबधिमा ७७५ जनाको एन्टिजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये एक सय जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ७०७ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म दुई लाख ९२ हजार ४९० जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाबाट निको हुने ७९.४ प्रतिशत छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । हालसम्म तीन हजार ५२९ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल ३१४ जना क्वारेन्टिनमा छन् । यस्तै काठमाडाैं उपत्यकामा तीन हजार ९७२ जना संक्रमित फेला परेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter