• Friday, April 18, 2025

१२ नेपाली आरोहीले सगरमाथा चुमे; कामिरिता २५ औं पटक शिखरमा

छेटु शेर्पा / काठमाडौं, बैसाख २४ गते । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल (८८४८.८६ मिटर) को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार(आज) साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले बताउनुभयो ।

यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने यी आरोहीहरु पहिलो हुन्। सफल आरोहण गर्नेहरुमा कामरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहेका छन्।

कामिरिताकाे सगरमाथा आरोहणको नयाँ कीर्तिमान, २५ औं पटक शिखरमा

विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औ पटकको आफ्नो रेकर्ड तोडेर २५ पटक कायम गराएका हुन् ।

सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ पटक सगरमाथा हिमाल ९८,८४८।८६ मिटर० को आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको रुपमा नाम लेखाएका थिए ।कामिरिताको नेतृत्वमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने क्रममा उनले चुचुरो पुगेको आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो ।कीर्तिमानी आरोही शेर्पा फेरी बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफालाई आरोहण गराउन पुनः सगरमाथा आरोहण गर्ने लक्ष राखेका शेर्पाले बताउनुभयो । विभागले बाटो बनाएर चुचुरो पुग्नेलाई पनि आरोहण प्रमाणपत्र दिने गरेको छ । यसै महिना दुई पटक आरोहण सफल भए पछि उहाँ २६ औ पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र व्यक्ति स्थापित हुने छन् ।

आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान राखेका थिए तर कामिरिताले सन् २०२१ मा उनले २५ औं पटक आरोहण गरे पछि उनी सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोहीको रुपमा रेकर्ड राखेका छन् ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरे देखि हालसम्म धेरै आरोहण गर्ने व्यत्तिमा कामिरिताको रेकर्ड तोड्न सक्ने सम्भावना कमै देखिएको छ । २१ पटक भन्दा बढी आरोहण गर्ने आरोही नभए पछि कामिरिताको रेकर्ड ब्रेक हुने सम्भावना कम भएको आरोही गाइडहरुको भनाई छ । ६८ वर्षको सगरमाथा आरोहण इतिहासमा हालसम्म ६ हजार ५०७ जनाले सगरमाथाको आरोहण गरी सकेको पर्यटन विभागको तथ्याङक छ । यस वर्ष ४०७ जनाले सगरमाथा आरोहणका लागि अनुमती लिएका छन् सन् २०१८ मा २६२ र सन २०१९ मा २८० जनाले सगरमाथाको आरोहण गरेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter