आठ हजार २८७ थपिए, तीन हजार ३७० कोरोनामुक्त, ५३ को मृत्यु

काठमाडौं, बैशाख २५ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ३१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार २८७ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५ हजार ८९० पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९८९ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार ३७० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई लाख ९८ हजार ७६५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ७७.४ प्रतिशत छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा तीन हजार ६३२ जनाले ज्यान गुमाएका छन् ।

हाल ८३ हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ । ३९८ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म १६ लाख १५ हजार ७२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter