उवा महासङ्घको अपरेशन कोभिड रिलिफ अभियान, हेल्लो डक्टर भोलिबाट

काठमाडौँ, वैशाख २५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ । विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ ।

एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि हेल्लो डाक्टर शुभारम्भ गरिएको छ । अभियानअन्तर्गत थप अन्य कार्यक्रमसमेत ल्याउने तयारीमा महासङ्घ छ ।

हेल्लो डाक्टर कार्यक्रम महासङ्घद्वारा सञ्चालन गरिएको हो, जसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।

हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने काम आइतबारदेखि शुरु हुनेछ । कोभिड सङ्क्रमित भई घर वा आइसोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरुले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्नेछन् ।

हेल्लो डाक्टर, भाइबरमार्फत कोभिड सङ्क्रमित र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ । प्रारम्भमा पाँच डाक्टरले परामर्श गर्नेछन् । रोग सङ्क्रमितलाई प्रविधिको प्रयोगमार्फत डाक्टरसँग प्रत्यक्ष भेट गराई स्वास्थ्य परामर्श दिने र आपत्कालीन अवस्थाबाहेक अस्पतालसम्म जान नपर्ने वातावरण तय गर्न लागिएको महासङ्घको भनाइ छ । यसबाट कोभिड सङ्क्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ ।

हेल्लो डाक्टरमार्फत ससीधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड सङ्क्रमितमा देखिने चिन्ता कमी गर्न र आत्मबल बढाउन सहयोग पुग्ने महासङ्घका अध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter