सञ्चालनको अन्तिम तयारीमा वीरकाे युनिफाइड अस्पताल

मुकुन्द गैरे मनोज रत्न शाही / काठमाडौँ, वैशाख ३० गते । वीर अस्पतालको नवनिर्मित भवनलाई कोभिड युनिफाइड अस्पताल बनाउने तयारी सुरु भइरहेको वेला उक्त भवनमा ६ सय सम्म विरामीको उपचार गराउन सकिने भएको छ ।

अहिले तत्काल चलाउने भनिए तापनि अक्सिजन, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको अभाव भएको कारण अस्पताल सञ्चालन गर्न सकिएको छैन् ।

हाल पाँच सय बेड भए पनि आपतकालीन अवस्था आए बेड थपेर ६ सय सम्म विरामीको उपचार गर्न सकिने वीर अस्पतालका निर्देशक डा.शान्त सापकोटा बताउनुहुन्छ ।

उक्त भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको भए तापनि अक्सिजन नभएको कारण नयाँ भवन सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो ।

अहिले कोभिड अस्पतालको रुपमा चलाउन गृहकार्य भइरहेको बताउदै निर्देशक सापकोटाले अक्सिजन उपल्बध भए पछि तुरुन्त सञ्चालन गरिने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यो भवन खास गरि विरामीको शल्यक्रिया लागि मात्र बनाएको भएता पनि अहिले देखिएको कारोनाको मारामारीलाई मध्यनजर गरेर कोभिड अपस्ताल बनाउने तयारी थालेको अस्पतालको भनाई छ ।

तत्कालका लागि दुई सय बेड चलाउने र विस्तारै बेड बढाउदै लैजाने लक्ष्य रहेको अस्पतालको भनाई छ ।

यो भवनलाई कोभिड अस्पताल बनाउने भनेर निरीक्षण समेत भइसकेको छ । यो भवन कोभिड अस्पाल बने पछि धेरैले कोरोनाको उपचार पाउन सक्ने छन् । अहिले अस्पतालमा बेड राख्ने काम भइरहेको छ ।

केही दिन अघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई पाँचसय शैययाको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नु भएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गर्नु भएको थियो ।

। काठमाडौँ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा बेड अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter