प्रधानमन्त्री ओली र नयाँ मन्त्रीहरूकाे शपथ, सबैलाई पुरानै जिम्मेवारी

काठमाडौं, वैशाख ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभएकाे हाे ।

बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । साथै साेही अवसरमा नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिनुभएकाे थियाे । नवनियुक्त मन्त्रीहरूकाे यस अघिकै जिम्मेवारी ताेकिएकाे छ । यसअघि मन्त्रिमण्डलमा हेरफेर हुने भनिएकाे भए पनि हाललाई साविककै मन्त्रीहरू रहनुभएकाे छ ।

कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ संक्रमितहरुको उपचारका लागि सरकारले यथासक्दो प्रयास गरिरहेको बताउनुभएको छ । हाल उपत्यकासहित देशैभरका कोरोना संक्रमितहरुको स्वास्थ्य उपचारको क्षेत्रमा अस्पतालहरुमा विशेषगरी अक्सिजनसहितको बेड लगायत स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेको बेला प्रधानमन्त्री ओलीले चिकित्सक, नर्सिङ, अक्सिजन र अन्य उपकरणसहितका बेडहरुको उपलब्धताका लागि प्रभावकारी ढंगबाट प्रयास जारी रहेको बताउनु भयो ।

उहाँले विशेषगरी, देशैभरका भइरहेको अक्सिजनको कमी पूरा गर्नका लागि देशभित्रका प्लान्टहरुलाई सम्पूर्ण क्षमतामा सञ्चालन गरिने बताउनुभयो । यससँगै छिटोभन्दा छिटो अक्सिजन आपूर्तीका लागि विदेशबाट पनि ल्याउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

कोरोना महामारीको संकटपूर्ण अवस्थामा कोरोनाविरुद्धको लडाईमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुले अग्रपंक्तिमा खटिरहनु भएको बताउँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइदै लगिने बताउनुभयो ।

कोरोनाको यो संकटको अवस्थामा अघिपछि भन्दा एकअर्कामा सेवा र मानवीयको भावनाको पनि आवश्यक रहेको बताउनुभयो । उहाँले निजी अस्पताल र स्वास्थ्य उपकरणसँग सम्बन्धित औषधिय कुराहरुका लागि सबैले जिम्मेवारीका साथ सक्रिय हुन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

तर, कोरोना महामारीको यो विषम् परिस्थतीमा पनि स्थिरता नचाहनेहरुले सरकारले प्रतिगमन गरेको देख्नु नक्कली क्रान्तीकारी भएको उहाँले बताउनुभएको छ । महामारीको जटिल परिस्थतीमा सबै एकजुट हुनुपर्नेमा देशमा शान्ती कायम हुन नदिन केही पक्षले त्यसखाले कार्य गर्दै आएकोप्रति उहाँले असन्तुष्ट व्यक्त गर्नुभयो ।

अहिलेको परिस्थतीमा कोभिड–१९ विरुद्धको लडाइमा लाग्न राजनीतिक दल लगायत सबैमा उहाँले आग्रह गर्नुभएको छ । यसका साथै आमनागरिकमा पनि उहाँले कोरोना महामारीको अप्ठ्यारो परिस्थतीमा एकअर्काबीचमा अस्वस्थ प्रतिस्पर्धा गर्ने, आरोपप्रत्यारोप गर्ने र जनमानसमा हतोत्साहित बनाउने कुनैपनि गतिविधि नगर्न सरकारकातर्फबाट आग्रह गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter