मध्यपूर्वमा रहेका नेपालीले ५५० अक्सिजन सिलिन्डर नेपाल पठाउँदै; बेइजिङबाट दैनिक ५५० सिलिण्डर ल्याइने

काठमाडौं, जेष्ठ १ गते । ओमानबाट ५५० अक्सिजन सिलिन्डर नेपाल आउने भएका छन् । मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ ओमानबाट उक्त सिलिन्डर नेपाल पठाउन थालेका हुन् । ओमानबाट ४० लिटर क्षमताका ५५० सिलिन्डर यथासक्दो छिटो नेपाल पठाउनका लागि अभियान शुरु भएको मध्यपूर्व गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ । नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।

निगमको जहाज आजै बेइजिङ जाने, चार दिन दैनिक ५५० सिलिण्डर ल्याइने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अक्सिजन सिलिन्डर ल्याउँन आज चीनको राजधानी बेइजिङ जाने भएको छ ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटका लागि उडान भरेको वाइड बडी जहाज आज साँझ काठमाडौँ फर्किने निगमले र बेलुका चीनका लागि उडान भर्नेछ ।

निगमको वाइड बडी जहाजले आज राति ११ः०० बजे बेइजिङ् उडान भर्न लागेको हो ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङ्गमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी भइरहेको छ । उक्त प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाज ‘ए’ ३३० उडान नं आरए ४२५१ जहाज खाली अक्सिजन सिलिन्डर लिन राति बेइजिङ उड्दैछ । मे १५, १६, १७ र १८ तारिखमा बेइजिङबाट दैनिक ५५० सिलिन्डर ल्याइनेछ । काठमाडौँ–बेइजिङ उडान ५ः४५ घण्टाको हुने प्रक्षेपण गरिएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीको सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेशनको सहयोगमा ११० थान गरी कूल अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर नेपाल आउने जनाइएको छ । निगमको वाइड बडी जहाजले यसअअि वैशाख २८ गते चीनबाट अनुदानका ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री ल्याइएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter