प्रधानमन्त्री रोजगार कार्यक्रमः बन्दाबन्दीमै बन्यो पाँचसय मिटर पदमार्ग

गोकर्ण दयाल / बैतडी, जेठ १ गते । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बैतडीको शिवनाथ गाउँपालिकामा रहेको ऐतिहासिक भानमतिधारा देखि शिवनाथ मन्दिरसम्म पाँचसय मिटर लामो पदमार्ग निर्माण भएको छ ।

कोरोनाका कारण सहर बजार बन्द भए पनि गाउँमा स्वास्थ्य मापदण्ड पालना गर्दै बन्दा बन्दीमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पदमार्ग निर्माण भएको गाउँपालिकाले जानकारी दिएको छ । स्थानीय ढुङ्गाको प्रयोग गरेर १० लाख ४३ हजार रुपियाँमा पदमार्ग निर्माण भएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।

अध्यक्ष साउदले भन्नुभयो,“ कोरोनाका कारण सहरबजार बन्द भए पनि गाउँमा स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरि २६ जना स्थानीय बेरोजगार व्यक्तिले पदमार्ग निर्माण गर्नुभएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले दुई करोड ५० लाख रुपियाँ प्राप्त गरेको छ ।”प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले बेरोजगारहरुको सूची सङ्कलन गरेर गाउँपालिकामा नमुना काम गर्दै आएकोे छ ।

कोरोनाका कारण भारतबाट मजदुरी गुमाएर आएकाहरुले गाउँमै रोजगार पाउँदा खुशी लागेको पदमार्ग निर्माणमा संलग्न भाजसिंह धनाडीले बताउनुभयो । बैतडीको शिवनाथ गाउँपालिका–६, स्थित ऐतिहासिक भानमतिधारा शिबजीको जटाबाट बग्ने पवित्र भागरथीगंगा जस्तै पवित्र भएको मन्दिरका पूजारी रामचन्द्र कलौनीले बताउनुभयो ।शिवनाथ मन्दिरमा यही भानमतिधाराको पानी लगेर मन्दिरमा पूजा हुने गरेको पुजारीले बताउनुभयो ।

समुद्री सतहबाट करिब २५ सय मिटर उचाईमा रहेको ऐतिहासिक भानमतिधारामा व्रतबन्ध र चुडाकर्म गर्न भारतबाट समेत धार्मीक पर्यटक आउने गरेको मन्दिरका पूजारी रामचन्द्र कलौनीले बताउनुभयो ।

शिबनाथ मन्दिरमा कार्तिक सप्तमीमा प्रसिद्ध शिबनाथ मेलामा लाग्ने गर्छ । मेलामा नेपाल–भारतबाट समेत हजारौं श्रद्धालु आउने गरेका छन् । शिवनाथ मन्दिरमा लाग्ने मेलामा छालाको भुकुण्डो खेल ऐतिहासिक खेल हो । असोजमा उदयदेव मन्दिरमा बलि चढेका राँगाको छालाबाट भकुण्डो तयार गरेर कार्तिकमा लाग्ने मेलामा स्थानीय साउद र धनाडी जातीका बीचमा भकुण्डो खेल हुने गरेको छ ।

भानमतिधारामा नुहाएर पवित्र भएपछि भुकण्डो खेलमा साउद र धनाडी दुई समूहमा मिलेर बिहान ५ बाजेदेखि दिउँसोसम्म भकुण्डो खेल हुने गर्दछ । भानमतिधारा संरक्षण गर्न यसअघि संघीय सरले नागरिक उड्ययन मन्त्रालबाट एक लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

भक्तजनलाई नुहाउन सजिलो होस् भन्ने हेतुले पानी सङ्कलन गर्न टंकी निर्माण गरेर पाँचवटा धारा निर्माण गरिएको शिवनाथ गाउँपालिकाले जानकारी दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter