‘रुख चढेर फोन गर्नुपर्ने अवस्था हट्यो’

रामचन्द्र न्यौपाने / डोल्पा जेठ ४ गते । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार सेवाको असुविधा भोग्दै आएको गाउँपालिकाले एकैपटक ‘टु जी’ इन्टरनेट सेवासहितका तीनवटा नमस्ते मोवाइल फोन सेवाका टावर सञ्चालनमा ल्याएको हो ।

भौगोलिक विकटताका कारण विगतदेखि नै फोन सेवाको समस्या भोग्दै आएको मुड्केचुलामा करीब ४२ लाख खर्चमा नमस्ते सेवाका मोवाइल तीनवटा टावर एकैपटक सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । “टावर निर्माणका लागि आवाश्यक यन्त्र उपकरण नेपाल टेलिकमले उपलब्ध गराएको हो, निर्माणस्थलसम्म सामान ढुवानी गर्न तथा जडानका लागि लागेको सबै रकम गाउँपालिकाले खर्च गरेको छ”, अध्यक्ष शाहीले भन्नुभयो ।

टावर निर्माणसँगै गाउँपालिकाका नौवटै वडामा सञ्चार सेवामा जोडिनुका साथै जाजरकोट र रुकुम केही क्षेत्रमा पनि फोनले राम्रो काम गर्ने गरेको अध्यक्ष शाहीले बताउनुभयो । गाउँपालिकाभित्र पर्ने ओक्ट, प्यारी लेक, पाती हाल्नामा टावर खडा गरिएको छ ।

घरबाटै फोन सेवा

गाउँपालिकाले टावर निर्माण गरेसँगै स्थानीयवासी खुशी भएका छन् । घर आँगनबाटै देश विदेशमा कुरा गर्न पाउँदा निकै खुशी लागेको वडा नं १ बस्ने स्थानीय ओमबहादुर रोकायले बताउनुभयो । “पहिला फोन गर्न अग्लाडाँडा, ढुङ्गा र रुख चढ्नुपर्थ्याे, खबर आदानप्रदान गर्न मान्छे नै कुदाउनुपर्ने अवस्था थियो, अहिले घरमै बसेर टाढाटाढा रहेका आफन्तहरुसँग ढुक्कले कुराकानी गर्न पाइएको छ”, रोकायले भन्नुभयो ।

यसअघि भरपर्दो फोन सेवा नहुँदा पुरानै युगमा बाँचे जस्तो हुने गरेतापनि अहिले गाउँघरका सबै सर्वसाधारणले सुविधा पाएको रोकायको भनाइ छ । कर्णाली प्रदेश सांसद वीरबहादुर शाहीको विशेष पहलमा तीन वर्षअघि जगदुल्ला, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा छ वटा मोवाइल टावर स्वीकृत भएका थिए ।

आजभन्दा तीन वर्षअघि काठमाण्डौ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले एउटा स्थानीय तहमा दुईवटा टावर बनाउने गरी छ वटा टावर सुचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट स्वीकृत गराएको सांसद शाहीले बताउनुभयो । “त्यसमध्ये मुड्केचुलाले बनाइसकेको छ, जगदुल्लामा गाउँपालिकामा सक्रियतामा टावर निर्माणको ७० प्रतिशत धेरैकाम भइसकेको छ, त्रिपुरासुन्दरीमा स्थानीय तहले चासो नदिँदा दुईवटै टावर नेपालगञ्जमा अलपत्र परेको छ”, सांसद शाहीले भन्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ्ग, शे–फोक्सुण्डोलगायतका क्षेत्रमा टावर स्वीकृत गराउनका पनि आफूले सहयोग गरेको बताउनुभयो । टेलिफोन जस्तो आधारभूत सेवा प्राप्त गरेपछि स्थानीयवासी सूचना र सञ्चार प्रविधिमा जोडिन पाएको भन्दै खुशी भएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter