आठ हजार ६४ थपिए, सात हजार ९८९ कोरोनामुक्त, २४६ को मृत्यु

काठमाडौं, जेठ ५ गते । नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणमा आठ हजार ६४ जना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । उहाँले एन्टीजेन परीक्षणमा पछिल्लो चौबीस घण्टामा १०९ मा रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter