निषेधाज्ञामा मर्मत तथा नयाँ पाइपलाइनको काम हुँदै

मुकुन्द गैरे / काठमाडौं, जेठ ६ गते । जारी निषेधाज्ञामा पनि मेलम्चीको नयाँ पाइपलाइनको काम भइरहेको छ । स्वास्थ्य मापदण्ड पालना गरि काठमाडौं उपत्यकामा धमाधम पानी परिक्षण र नयाँ पाइप विछयाउने, घरघरमा मिटर राख्ने काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

काठमाडौं, र ललितपुरका रिङरोड क्षेत्रमा पाइपको परीक्षण र मिटर जडान देखि पाइप बिछयाउने काम पनि एकैसाथ भइरहेको आयोजना निर्देशनालयका उपनिर्देशक उज्वल प्रजापतिले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

मेलम्चीको पानी काठमाडौं आए पछि सुरुमा पुरानै वितरण प्रणालीबाट पानी वितरण गरिए पनि अहिले बिस्तारै नयाँ धारामा पनि पानी वितरण बढाउँदै गएको उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा १६२ वटा एरिया मध्ये हाल पाँच वटा एरियामा नयाँ पाइपलाइनबाट पानी वितरण भइरहेको छ जसमा एउटा क्षेत्रमा मात्रै पाँचसयदेखि सातसय घरको धारा हुने गरेको उपनिर्देशक प्रजापति बताउनुहुन्छ ।

कोरोनाको कारण काममा केहि असहज भए पनि नयाँ पाइपलाइनको काम तीव्र गतिमा भएकोले अवको सात महिना भित्र सबै नयाँ पाइपलाइनबाट पानी पठाउने निर्देशनालयको योजना रहेको छ ।

यसै गरि भक्तपुरको कटुन्जेमा पानी पोखरी बनाउने काम पनि भइरहेको छ ।

कुनै ठाउँमा काम गर्ने श्रमिकलाई कोरोना देखा परे पछि काममा केहि प्रभाव परेको भए तापनि समग्रमा हेर्दा काम सके जतिको काम भइरहेको आयोजना निर्देशनालयको भनाई छ । जिल्ला प्रशासन कार्यालयबाट पासको व्यावस्था गरि सामान ल्याउने काम भएको र धेरै पासको व्यावस्था गर्न नसकिएकोले काममा समस्या पर्ने गरेको पनि उपनिर्देशक प्रजापति बताउनुहुन्छ ।

उपत्यकामा भित्र लगभग धेरै ठाउँमा पानी ट्याङ्कीको निर्माण सम्पन्न भइसकेको छ । आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारको ट्याङ्की सम्पन्न भएका छन् ।

यसै गरि भक्तपुर कटुन्जेको ट्याङ्की निर्माण भइरहेको आयोजना निर्देशनालयका उपनिर्देशक प्रजापति बताउनुहुन्छ ।

मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएकोमा मर्मतको काम भइरहेको छ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा सुरुमा परीक्षणको रुपमा दैनिक चार करोड पठाए पनि बैशाख ६ गतेदेखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी पठाइएको छ । मेलम्चीको वर्षातको समयमा सुरुङभित्रको पानी सबै सफा गरेर सुरुङभित्र के भइरहेको छ, केही सुधार गर्नुपर्ने अवस्था भए सुधार गरिने मेलम्ची खानेपानी विकास समितिको भनाई छ ।

मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो । उक्त पानी महाकाँलचौरस्थित पोखरीबाट वितरण गरिएको थियो । सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूबाट अहिले वितरण भइरहेको छ । चक्रपथबाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइप लाइन विस्तार गरिने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter