आठ हजार २२७ थपिए, छ हजार ५४३ कोरोनामुक्त, १९० को मृत्यु

काठमाडौं, जेठ ६ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित चार लाख ८८ हजार ६४५ पुगेको छ । मन्त्रालयका अनुसार हाल एक लाख १५ हजार ८५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म कोरोनाभाइरस लागेका तीन लाख ६६ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९० जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । नेपालमा हालसम्म कोरोनाभाइरसका कारणले पाँच हजार ८४७ जनाको मृत्यु भएको छ ।

हाल ९३२ जना क्वारेन्टिनमा छन् । हालसम्म १८ लाख ५५ हजार ७९३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter