आठ हजार ४०७ थपिए, सात हजार ८९० कोरोनामुक्त, १७७ को मृत्यु

काठमाडौं, जेठ ७ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ४०७ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा २२ हजार ३५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या चार लाख ९७ हजार ५२ पुगेको जनाएको छ । हाल एक लाख १६ हजार १९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा रहेको छ । ९१२ जना हाल क्वारेन्टिनमा र एक लाख १६ हजार १९२ जना आइसोलेशनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ८९० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोनामुक्त भएका हुन् ।

मन्त्रालयले हालसम्म १८ लाख ७८ हजार १४६ आरटीपीसीआर नमूना परीक्षण गरिएको जनाएको छ । कोरोना सङ्क्रमणले हुने मृत्यु छ हजार नाघेको छ । पछिल्लो चौबीस घण्टामा १७७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले छ हजार २४ जनाको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter