सङ्क्रमित पाँच लाख नाघ्यो, आठ हजार ८४८ कोरोनामुक्त, १२९ को मृत्यु

काठमाडौं, जेठ ८ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार ५९१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३५७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख नाघेको जनाएको छ । हालसम्म पाँच लाख पाँच हजार ६४३ जना सङ्क्रमित भएका छन् । हाल एक लाख १५ हजार ८०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा आठ हजार ८४८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना लागेका तीन लाख ८३ हजार ६८४ जना कोरोनामुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२९ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार १५३ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार हाल ८६६ जना क्वारेन्टिनमा छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education

32,500 metric ton Urea arrives in Nepal

Writ petition filed in Supreme Court against reshuffle of cabinet




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter