अलपत्र कामदार उद्धार गर्न बन्यो छुट्टै संयन्त्र,अवस्था सामान्य

मुकुन्द गैरे / काठमाडौँ, जेठ ८ गते । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ । जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन् । यसैबीच सरकारले विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाएको छ ।

सरकारले कोरोना लगायत विभिन्न कारणले अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको छ । विदेशमा समस्यामा परेका श्रमिकको बारेमा विभिन्न कुटनितीक नियोग मार्फत बुझने काम भइरहेको वैदेशिक रोजगार बोर्डको भनाई छ ।

श्रमिकको बारेमा गम्भिर भएर उनीहरुको समस्या सम्बोधन गर्न तत्काल समस्या सम्बोधन हुने गरी संयन्त्र बनाइएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

मन्त्रीस्तरीय निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, विभागका महानिर्देशक र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसहितको छुट्टै संयन्त्र बनाएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।

संयन्त्र बने संगै काम सुरु भइसकेको र समस्यामा परि अलपत्र श्रमिक के कति छन् भन्ने बुझने काम भइरहेको उहाँ बताउनुहुन्छ ।सञ्चारको काम वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टरले गर्ने निर्णय भए संगै त्यसै अनुसार कल सेन्टर मार्फत बुझने काम भइरहेको वोर्डको भनाई छ ।

वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगारीमा गएका र फर्किएकाहरुलाई सही सूचना दिनका लागि बोर्डले सहायता कक्ष सञ्चालन गदै आएको छ ।अहिलेको अवस्थामा बुझदा विदेशमा समस्या अलपत्र परेका श्रमिक खासै नपाइएको समेत उहाँ बताउनुुहुन्छ ।

एक जना जोर्डनमा नेपाली श्रमिक बिरामी परेका कारण नेपाल ल्याउनुपर्ने अवस्था रहेको र उक्त श्रमिकको बारेमा कसरी ल्याउने भन्ने विषयमा काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।
दोस्रो चरणको कोरोना महामारी फैल्न थाले संगै विदेशमा रहेका श्रमिकको अवस्था बारेमा आफूहरु गम्भिर भएर लागि रहेको र समस्या परेको अवस्थामा श्रमिकलाई तत्काल कसरी नेपाल ल्याउन सकिन्छ भन्ने बिषयमा परिणाम गरि तयारी अवस्थामा रहेको वोर्डको भर्नाइ छ ।

विदेशमा कामको करार अवधि सकिएका, भिसाको म्याद सकिएका विरामी लगायत स्वदेश फर्कन टिकट काटेर बसेका सयौको संख्यामा नेपाली रहेको बताईन्छ ।अलपत्र परेका श्रमिकको लागि नेपाली नियोगसँगको समन्वय भइरहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउनुुहुन्छ ।

वोर्डले विदेशमा वैधानिक रुपमा श्रमस्वीकृति लिएर गएका श्रमिकलाई कोरोना महामारीको समयमा बाहके सामान्य अवस्थामा समेत उद्वार गर्ने गर्छ साथै विदेशमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव समेत नेपाल ल्याउने गर्छ ।

पहिलो चरणको संक्रमणमा चार्टर उडानमार्फत एक लाख ३६ हजारको उध्दार

पहिलो चरणको कोरोना महामारीमा सरकारले विदेशमा समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका गतकार्तिक महिना सम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको थियो । सिसिएमसीका अनुसार गतकात्तिक २४ गते सम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार २३० जना युएइबाट फर्किएका थिए ।

दोस्रो फर्किने मुलुक कतारबाट २६ हजार ५९२ जना स्वदेश फर्किएका थिए । तेस्रोमा साउदी (रियाद जेद्दा) बाट १८ हजार ७३० र मलेसियाबाट १८ हजार ७८३ जना स्वदेश आएका थिए । यस्तै, कुवेतबाट १० हजार ४८३ जना स्वदेश फर्किएका थिए । यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ४४ जना स्वदेश फर्किएको उल्लेख छ ।

टर्कीबाट ३५ सय १९ जना र ओमानबाट १७ सय ८४ जना साथै दक्षिण कोरियाबाट दुई हजार ६५ जना फर्किएको उल्लेख छ । छिमेकी देश बङ्गलादेशबाट ९७० जना फर्किएका थिए । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ६३४ जना नेपाली स्वदेश फर्किएका थिए ।

सिगांपुरबाट एक हजार ८५ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र बढी महिला नेपाली कार्यरत रहेको जोर्डनबाट ५७७ जना स्वदेश फर्किए । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ४७७ रहेका थिए । सयभन्दा कम सङ्ख्यामा स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका थिए ।

साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायललगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter