विपक्षी गठबन्धनले भोलि बिहान १० बजे सर्वोच्चमा रिट दायर गर्ने

काठमाडौं, जेठ ९ गते । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भोलि जेठ १० गते सरकारका कदमविरुद्ध संकलन गरिएको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरिने जानकारी दिनुभएको छ । आज सबै सांसदहरुको हस्ताक्षर भयो, भोलl बिहान १० बजे सर्वोच्च जान्छौं, नेता पुनले बताउनुभयो ।

यसैगरि, विपक्षी गठबन्धनका नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले बानेश्वरस्थितको संसद हलमा माधवकुमार नेपाल पक्षका १९ जना सांसदहरुको हस्ताक्षर जुटेको जानकारी दिनुभयो । नेता पाण्डेले विपक्षीहरुकोगठबन्धनमा एमले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा अगाडि सार्ने भनेका कारण हस्ताक्षर गरिएपनि नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अगाडि सारेका कारण आफूहरुले गठबन्धनको सरकारको हस्ताक्षर फिर्ता मागिएको समेत बताउनुभयो ।

नेता पाण्डेले एमाले पार्टी एकताको सम्भावना अझै टुटी नसकेको समेत बताउदै आफूहरु पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ ।

सासंदहरुलाई निर्दलीय बन्न छुट दिने हाे भने सांसद किनबेच वैधानिक हुन्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान अवस्थाको समसामयिक एवम् राजनीतिक गतिविधिबारे टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि गरिएको दाबी बदर गरिएको थियो । यसलाई मध्यनजर गर्दै राप्रपा अध्यक्ष कमल थापाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको छ ? भनेर व्यङ्गात्मक प्रशन गर्नुभएको छ । दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो र ? थापाले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको छ ।

उहाँले यदि यसखाले मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेचको काम समेत वैधानिक हुने भन्ने आपत्ति जनाउनुभएको छ । यसखाले गतिविधिले कुनै दल पनि सुरक्षित नरहने भन्दै क्षणिक स्वार्थ नहेर्न सरकारविरुद्धको विपक्ष गठबन्धनलाई ध्यानाकर्षण गराउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter