• Friday, April 11, 2025

खोप सहायतामा नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध

काठमाडौँ, जेठ १० गते । सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गर्नुभएको हो ।

मन्त्रीद्वयबीच आज भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्रीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपविदेशमन्त्री शेर्मनले हालैको महामारीसहित नेपालको सामाजिक –आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका–नेपाल मैत्रीको सराहना गर्नुभयो । प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै कोभिड –१९ को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्टिय चासोका साझा विषयमा विचारमिवर्श भएको थियो । “द्विपक्षीय सम्बन्धका समग्रस्थितिप्रति सन्तुष्टि जनाउँदै दुवै पक्ष पारस्परिक हितका खातिर द्विपक्षीय एवं बहुपक्षीय सहकार्यलाई अघि बढाउन सहमत भएका छन्”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter