• Friday, April 11, 2025

सात हजार २२० थपिए, सात हजार १३५ कोरोनामुक्त, १८५ को मृत्यु

काठमाडौं, जेठ १० गते । नेपालमा कोरोनाभाइरसका सात हजार २२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ८४६ नमुनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक लाख १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सात हजार २२० जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका जम्मा पोजेटिभ सङ्ख्या पाँच लाख २० हजार ४६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार १३५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ९८ हजार ४८३ जना कोरोनामुक्त भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८५ जना कोरोना सङ्क्रमितको निधन भएको जनाएको छ । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट भएका मृत्युको सङ्ख्या छ हजार ५३१ पुगेको छ । हाल ९२४ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter