जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय, हिँडडुलमा कडाइ

मुकुन्द गैरे / काठमाडौं, जेठ ११ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको छ । अब जारी थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने भएको छ ।

यस अघि खुल्दै आएका किराना पसल, डिपार्टमेन्टल स्टोल भने बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यसै गरि बैठकले निजी र सार्वजनिक निर्माणको काम बन्द गर्ने निर्णय गरेको छ । बिहान मनिङवाक र बेलुका वाक गर्न रोक र अनावश्यक रुपमा हिँड्नेलाई कारबाही जरिवाना हुनेसमेत उहाँले जानकारी दिनुभयो ।

निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्ने विषयमा आजको बैठकमा निर्णय भएको भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समय कोरोनाको सङ्क्रमणको दर अपेक्षित रुपमा घटन नसकेपछि जारी निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरिएको हो ।

निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन निर्णय भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको गरिएको थियो ।

यस्तो छ कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश

निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले हिजो एक सूचना गर्दै कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने जानकारी दिएको थियो ।

प्रशासनले जारी गरेको सूचनामा अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्नेसमेत जनाइएको छ ।

यसै गरी अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपियाँसम्म र कुनै संस्थाले उल्लङ्घन गरेमा पाँचलाख रुपियाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्नेछ ।

। मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपियाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपियाँ जरिवाना हुने बताइएको छ ।

अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपियाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपियाँ जरिवाना हुने प्रशासनले जनाएको छ ।

यसै गरी त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्नेछन् । अध्यादेशको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्म बन्द गर्न आदेश दिन सक्ने जारी सूचनामा उल्लेख ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter