• Friday, April 11, 2025

चीनद्वारा थप १० लाख डाेज खोप उपलब्ध गराउने घोषणा

काठमाडौं, जेठ १२ गते । चीन सरकारले नेपाललाई थप १० लाख डोज कोभिड १९ खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि ८ लाख डोज खोप उपलब्ध गराएको चीनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चीन फिङबीच भएको टेलिफोन संवादपछि चीनले सो सहयोग घोषणा गरेको हो ।

नेपालका लागि चीनका राजदूत हाउ यान्छीले ट्वीट गर्दै दुई देशका राष्ट्रपतिबीच भएको संवादका आधारमा चीन सरकारले एक मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेको जानकारी गराउनुभएको छ । राष्ट्रपति भण्डारी र चीनिया समकक्ष सीबीच करिब आधा घण्टा लामो टेलिफोन संवाद भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच आजै चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलका नेताहरुसँग भर्चुवल अन्तरक्रिया गरेको थियो । सो अन्तरक्रियामा नेपालका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित दलका नेताहरुले कोभिड १९ संक्रमणकाबीच नेपाललाई चीनले गरेको सहयोगको धन्यवाद व्यक्त गर्दै थप सहयोगको आग्रह गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter