वसन्त लाग्याे, पाहुना चरा आए, गीत गाउँछन् बच्चा कोराल्छन्, जान्छन्

इन्दिरा अर्याल / कठमाडौं, जेठ १२ गते ।काफल पाक्यो, बिउ कुयो, को हो को हो , गोल सिमल ,कुहुँ कुहँ

जब नेपालमा वसन्त ऋतुको आगमन हुन्छ तब चराहरुका यी आवाजहरु हामीले सुन्न सक्छौँ । यि आवाजहरु चराको एक प्रजाती, कोइली परीवार जो दक्षिण भारत, दक्षिण पूर्वीएसिया र उत्तर पूर्वी राज्यबाट नेपाल आउँछन् उनिहरुले यस्तो आवाज निकाल्दछन् । केहि महिना अघि देखिन छाडेका यि चराहरु मार्च महिनादेखि चरणबद्ध रुपमा देखिन थाल्दछन् ।

मार्चको अन्तिम सातादेखि यि चराहरु नेपाल भित्रन शुरु गर्छन् । र मे महिनामा सबै चराहरु भित्री सकेका हुन्छन् । चराहरुको आगमनले नेपालमा बसन्त ऋतु आएको सन्देश दिने पंक्षिविद् हेम सागर बरालले बताउनुभयो ।

कोइली प्रजातिको डेढ दर्जन चराहरु नेपालमा पाईन्छन् । तिमध्ये धेरै प्रवासी र केहि कहिलेकाहिँ सन्तान जन्माउने बेलामा मात्र नेपाल आउने गर्दछन् ।

सामान्य बाज कोइलीले काफल पाक्यो, ठूलो कोइलीले गोल सिमल , एसियन कोयन कुहुँ कुहुँ यस्तै साधारण कोइलीले पनि बिउ कुयो गाउँछ भने एसियन कोईलीले कोहो कोहो गाउँछ ।

बराल ,जो लण्डनको प्राणिशास्त्र समाजका नेपाल प्रमुख पनि हुनुहन्छ । उहाँ भन्नुहुन्छ “नेपालमा आउने सबै कोईलीहरु परजीवी खालका हुन्छन् । तिनिहरुले अरु चराका गुँडमा आफ्ना साना बच्चा चलाखीपूर्ण रुपमा हुर्काउने चाल चल्छन् । तिनिहरुले आफ्नो अण्डा अरु चराको गुणमा पार्छन, अरु चारले आफ्नो सन्तान सम्झेर बच्चा कोरल्छन्, खुवाउँछन् ,सुरक्षा दिन्छन् र चाडैँ हुर्काउँछ । ”

“नेपालमा आउने ६२ प्रजातीका चरा मध्ये कोईली एक हो जुन नेपालमा गर्मी समयमा आण्डा पार्न र बच्चा हुर्काउन आउँछ । अरु चपल, बि ईटर , फ्लाईक्याटर्स र चिवेहरु पनि मिसिन्छन् । गर्मीको समय प्रवासी चराहरुको लागि प्रजननको समय हो , यदि उचित आहार र वरपरको अवस्था उनिहरुका लागि अनुकुल भयो भने दोस्रो बच्चा जन्माउन तर्फ लाग्दछन् । ”बरालले भन्नुभयो ।

बरालका अनुसार बच्चाको पराश्रयको लागि तिनीहरुले साधारण चरा रोज्दछन् ,जुन यहाँ प्रशस्त पाईन्छन्, । यदि तिनीहरुले खतरनाक चराको प्रजाति रोजेको भए कोईलीको संख्या पनि खतरामा पर्दथ्यो । यिनीहरु धेरै चलाख हुन्छन् । त्यसैले मानिस सही भन्छन् काग भन्दा कोईली बाठो ।

अर्को महत्वपूर्ण पक्ष यो छ की ः एसियन कोईलीले कागको गुँडमा अण्डा पार्छ । कालो कोईली काग जस्तै कालो हुन्छ । यसले दोधार पार्दछ । भाले कोईलीले पोथि कागलाई यसको वरीपरी नाच्दै जिस्क्याउँछ ,त्यसपछि उसको गुँड छाड्न दवाद दिन्छ । जब पोथी कागले गुँड छाड्छ तब पोथी कोईलिले कागको गुँडमै अण्डा पार्दछ , त्यसपछि छोडेर भाग्छन् ।

यसमध्ये केहि प्रवासी चराहरु पाँच हजार किलोमिटर भन्दा बढि दुरी पार गरेर अफ्रिकी महाद्वीपबाट नेपालमा आउँछन् । जुरे कोइली जसको यात्रा अफ्रिकी महाद्वीपबाट सुरु हुन्छ, यो कोईलीको एक प्रजाती हो जसले सबैभन्दा लामो दुरी पार गर्न सक्छ । सबै प्रवासी चराहरु प्रत्येक बर्ष नेपाल आउँछन् र नेपालको तराई, पहाड क्षेत्रका प्राय जंगल पुग्दछन् । यिनिहरुले विशेष खालको बासस्थान र सफा वातावरण खोज्दछन् ।

ग्रीष्म ऋतुका प्रवासी चराहरु देश भित्रका प्राय ठाउँहरुमा पाईन्छन् । यिनिहरु पोखरीहरुमा निर्भर रहँदैनन् जबकी चिसो यामका प्रवासी चराहरु निर्भर रहन्छन् । त्यसकारण यिनीहरु पोखरीका छेउछाउ, धेरैजसो कोशीटप्पु बन्यजन्तु आरक्ष ,चितवन राष्ट्रिय निकुञ्ज, जगदिशपुर जलाशय र कर्णाली नदिमा पाईन्छ , जुन बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लनफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । चराहरुको बिश्रामस्थल जंगल र घासेमैदान भएकाले यिनिहरु मुश्किलले पोखरीहरुमा रहन्छन् ।

चराहरुलाई बिशेष गरी प्राकृतिक बासस्थान र सुरक्षित क्षेत्र आवश्यक पर्दछ । त्यसैले यि बच्चा हुर्काउनको लागि सुरक्षीत क्षेत्रतर्फ जाने गर्दछन् । किन यिनिहरु राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा पाईन्छन् भन्ने यसबाट ब्याख्या गर्न सकिन्छ ।

यसैगरी , जब ग्रीष्मकालिन प्रवासी चराहरुको आगमन हुन्छ त्यसपछि प्राय शितकालिन प्रवासी चराहरु आफ्नो ग्रीष्मकालिन बासस्थानतर्फ लाग्दछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter