• Friday, April 11, 2025

छ हजार ७३१ थपिए, सात हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

काठमाडौं, जेठ १३ गते । नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ४२ हजार २५६ पुगेको छ । हाल एक लाख १६ हजार ४७६ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो चौबीस घण्टामा सात हजार २२६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख १८ हजार ८२९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर भने बढेको छ । यसअघि ७४ प्रतिशतमा झरेको निको हुने दर ७७.२ प्रतिशत पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले छ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल एक हजार नौ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter