• Monday, April 14, 2025

६ हजार ८० संक्रमणमुक्त, ४४८७ लाई कोरोना

काठमाडौं, जेठ १५ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५३ हजार ४ सय २२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै १७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा १४ हजार ७५२ जनाको नमूना परीक्षण गरिएको हो।

मन्त्रालयका अनुसार ६ हजार ८० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ४ लाख ३४ हजार ७ सय ५० कोरोनामुक्त भएका छन्।

त्यस्तै यस अवधिमा ११६ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६१ पुगेको छ।

हालसम्म कोरोनाबाट निको हुनेको दर ७८.६ प्रतिशत रहेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter