चार हजार ३६९ थपिए, छ हजार २०५ कोरोनामुक्त, १०९ को मृत्यु; छ देशबाट खोप ल्याउन प्रक्रिया शुरु

काठमाडौं, जेठ १६ गते । नेपालमा कोरोनाभाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ । हाल एक लाख आठ हजार ८९७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । जसमध्ये एक लाख एक हजार ३३४ होम आइसोलेशनमा र सात हजार ५३६ संस्थागत् आइसोलेशनमा छन् ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २०५ जना कोरोनामुक्त भएका छन् । हाल ७६३ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सरकारको प्राथमिकतामा खोप, छ देशबाट खोप ल्याउन प्रक्रिया शुरु

सरकारले कोरोना भाइरस (कोेभिड–१९) नियन्त्रणका लागि पहिलो प्राथकितामा खोप खरिद गरी धेरैभन्दा धेरै लगाउने तयारीका साथ अघि बडेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार चीन र भारत सहित थप चार देशबाट खोप खरिद प्रक्रिया अघि बढाइएको बताउनुभयो । सरकारले नर्वे, रूस, बेलायत र अमेरिकासँग खोप खरिद बारे छलफल शुरु गरेको उहाँले बताउनुभयो ।

हालसम्म चीन र भारतबाट ३२ लाख ४८ हजार डोज खोप ल्याएर लगाइसकेको मन्त्रालयले जनाएको छ । यो खोप बालवबलिका र बृद्धबृद्धा बाहेकका कोरोना भाइरस सङ्क्रमितको उपचार तथा अग्रभागमा खटिनेहरुलाई पहिलो प्राथमिकता दिएर लगाइएको छ । सरकारले ७२ प्रतिशत जनसङ्ख्यामा खोप लगाउनुपर्ने यसका लागि दुई करोड १७ लाख डोज खोप खाँचो रहेको जनाएको छ । तर एक पटक मात्र प्रयोग गर्ने खोप भए थोरै लाग्ने समेत डा. अधिकारीले जानकारी दिनुभयो ।

यसका लागि सरकारले छ वटा देशमा खोप खरिद बारे प्रक्रिया अघि बढाएकाले तत्काल खोप उपलब्ध हुने मन्त्रालयले जनाएको छ । प्रभावकारी खोप खरिद गरी चाँडै नेपालीलाई खोप लगाउनुपर्ने विषयमा मन्त्रालयले सरकारलाई सुझाव दिएको डाक्टर अधिकारीले बताउनुभयो ।

सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा समेत खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट छुट्याएको छ । सबै उमेर समुहका लागि खोप लगाउने तयारी हित बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभएकाे थियाे। यता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो वाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । साे पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडामार्फत डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई उक्त पत्र हस्तान्तरण गरिएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter