चार हजार १७८ थपिए, छ हजार ४९१ कोरोनामुक्त, ११४ को मृत्यु

काठमाडौं, जेठ १७ गते । नेपालमा कोरोनाभाइरसका चार हजार १७८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १५ हजार ५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार १७८ सङ्क्रमित पुष्टि भएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६१ ह्जार ३०२ पुगेको छ । हाल एक लाख छ हजार ४७० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ४९१ सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म चार लाख ४७ हजार ४४६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने दर ७९.७ प्रतिशत पुगेको छ । हाल ६८९ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११४ सङ्क्रमितको मृत्यु भएको जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ३८६ जनाको मृत्यु भएको छ

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter