• Monday, April 14, 2025

कृषकहरुलाई प्रविधितर्फ आकर्षित गर्न मेशिनबाट धान रोपियो

दिपकप्रसाद गौतम / वीरगञ्ज, असार २१ गते । कृषकहरुले खेतीपातीमा प्रविधिको अत्याधिक प्रयोग गरुन भन्ने उद्देश्यले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झुलीटार, झबराहमा मेशिनद्वारा धान रोप्ने प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ ।

धान उत्पादनमा वृद्धिको लागि कृषिमा आधुनिकरण भन्ने नाराको साथ प्रधामन्त्री कृषि आधुनिकीकरढा परियोजना चक्लाबन्दीमा पकेट÷ब्लक÷जोन अन्तर्गत मेशिनद्वारा धान रोप्ने प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको हो ।

सुनखरी कृषि सहकारी संस्था लिमिटेड पर्सागढी नगरपालिका ३ को आयोजना र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई पर्साको सहयोग तथा कृषि औजार अनुसन्धानकेन्द्र वीरगञ्ज पर्साको प्रविधिक सहयोगमा मेशिनद्वारा धान रोप्ने प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको सुनखरी कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष सरस्वती भट्टराईले बताउनुभयो ।

६ कठ्ठा जग्गामा मेशिनबाट धान रोपाई गरेर स्थानीय कृषक , नगरपासलका क्षेत्रका अन्य कृषि सहकारीहरु देखाईएको थियो भने कृषि औजार अनुसन्धानकेन्द्र वीरगञ्ज पर्साका कृषि प्रविधिकहरुले मेशिनबाट धान रोपाई गर्ने तरिका र हुने फाईदाका बारेका बताउनु भएके थियो ।

कृषि औजार अनुसन्धानकेन्द्र वीरगञ्ज पर्साका कृषि प्रविधिक अधिकृत द्वारिका चौधरी र कृषि ईन्जिनियर छिरिङग शेर्पाले उपस्थित कृषहरुलाई प्रविधिका बारेका जानकारी दिनु भएको थियो । कृषिकर्मका लागि पछिल्लो समयमा श्रमिकको अभाव भईरहेको अवस्थामा प्रविधिको प्रयोग गरे ४० प्रतिशत कम श्रम लाग्ने ६० प्रतिशत समय बचत हुने उहाँहरुले बताउनु भएको थियो । कृषि औजार अनुसन्धानकेन्द्र वीरगञ्ज पर्साका कृषि प्रविधिक अधिकृत द्वारिका चौधरीले अवस्था सामान्य नै भए प्रविधिको प्रयोग गरेर धान खेती गर्दा कम्तीका १० प्रतिशत बढी उत्पादन दाबी गर्नु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई पर्साका प्रमुख रोशन अधिकारीले कृषकहरुमा प्रविधिको प्रयोग बढाउन आगामी आर्थिक वर्षमा धान खेतीका क्षेत्रमा काम गर्न थालिएको बताउनु भयो । अहिले प्रदर्शनी ग¥यौं आगामी आर्थिक वर्षमा प्रयोग गर्न प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने छौं , कृषकमा आत्मविश्वास र प्रविधिमा पहुँच पु¥याउने हाम्रो उद्देश्य हो उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter