जापानमा हुने ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

नारायण न्यौपाने / काठमाडौँ, असार २३ गते । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकुद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरिका सिंह र अलेक्सजङ्ग शाह र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नु हुनेछ ।

नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुु¥याउनुभएको योगदानका आधारमा उहाँहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा पर्नुभएको हो । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी हुनुहुन्छ ।

सेनाद्वारा खेलाडी सम्मान

सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा आज बधाई तथा शुुभकामना कार्यक्रम ग¥यो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा ती दुवै खेलाडीलाई सम्मानस्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म सङ्गठनका २४ खेलाडीले ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ओलम्पिकमा सहभागी हुन पाउनु सेना र राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । सैनिक खेलाडीलाई खेलविधामार्फत नेपाल र नेपालीको प्रतिष्ठा बढाउने अवसर प्राप्त भएको छ ।” जापानको टोकियोमै आजभन्दा ५६ वर्षअघि अर्थात् सन् १९६४ मा भएको ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।

उक्त ओलम्पिकमा भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिनुभएको थियो । पहिलो प्रवेशको करीब ५६ वर्षपछि टोकियोमा नेपाली खेलाडीलाई चार खेल विधामा मैदानमा उत्रने अवसर मिलेको छ । संसारकै सबैभन्दा ठूलो खेलकूद कुम्भ मेलामा सहभागिता पाउनु नै पनि राष्ट्रका लागि ठूला प्रतिष्ठा हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रुपमा रहेको ओलम्पिकमा छनोट हुनुु पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताउनुुभयो । उहाँले भन्नुभयो, “ओलम्पिकका लागि १२ जना प्रशिक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेकामा पाँचजना ‘वाइल्डकार्ड’ मार्फत छनोटमा पर्न सफल हुनुभएको छ ।

नेपाल खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले सहभागिताको दृष्टिकोणबाट दीपक विष्ट र सङ्गीना वैद्यको प्रतिस्पर्धाका आधारमा भए पनि अरू बेला वाइल्डकार्डमार्फत प्रतिनिधित्व हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा पौडी र एथेलेटिक्समा दुई–दुईजना खेलाडीको अनिवार्य गरेकामा यस पटक भने एथेलेटिक्समा एकजना कटाएको छ, अरू खेलमा हाम्रो प्रदर्शन र ओलम्पिकको खाली रहेको ठाउँमा चार विधामा पाँच खेलाडी पठाउने अवसर पाएका छाँै ।”

नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख शशीकिरण रायमाझीले सेनामा खेलकूदका लागि संस्थापक रुपमा त्रिभुवन आर्मी क्लब स्थापनाबाट शुरु भएपछि तल्लो तहबाट खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्दै आएको आधार र निरन्तरताले हाम्रा खेलाडी ओलम्पिक छनोटमा योग्य ठहरिनु निकै खुशीको क्षण भएको प्रतिक्रिया दिनुभयो ।

त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रका च्याम्पियन विभागीय टिम हो । नेपालका तर्फबाट सहभागी पाँचमध्ये चार अर्थात् ८० प्रतिशत महिला खेलाडी हुनुहुन्छ । परिषद् र ओलम्पिक कमिटीले पहिलोपटक यस पटक खेलाडीलाई उत्साह र राम्रो प्रदर्शनी होस् भनेर पाँचतारे होटेलमा राखेर प्रशिक्षण दिइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter