• Tuesday, April 22, 2025

एक हजार ४७९ जनामा सङ्क्रमण पुष्टि, एक हजार ३१६ निकाे भए

काठमाडौं, असार २५ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ४७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको छ हजार ६५७ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

चार हजार ६५६ जनामा एन्टिजेन परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ९२९ जना पुगेको छ । नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २० जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ३४० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter