• Tuesday, April 22, 2025

बाढीपीडित क्षेत्रमा प्रधानमन्त्री, तत्काल पुनर्निर्माण गर्ने प्रतिवद्धता

बिदुर आचार्य / मेलम्ची, असार २६ गते । असार १ गतेको बाढीले क्षतिग्रस्त बनाएको हेलम्बुमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओली हेलम्बु गाउँपालिका–२ को गणेशे बगर पुग्नुभएको हो । हेलम्बु पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुसँग भेटघाट गर्नुहुँदै बाढीग्रस्त क्षेत्रको निरीक्षण समेत गर्नुभयो ।

बाढीले विस्थापित भएका हेलम्बुका स्थानीयहरुको अस्थायी आवासमा पुगि तत्काल पुनर्निर्माण हुने बताउनुभयो । ‘बाढीबाट पूर्ण विस्थापित पीडितहरुलाई अस्थायी आवास आवास निर्माणमा पचास हजार र स्थायी आवास निर्माणमा पाँच लाख सरकारले उपलब्ध गराउनेछ’– प्रधानमन्त्री ओलीले बिस्थापितहरुलाई नआत्तिन अनुरोध गर्नुहुँदै भन्नुभयो, ‘सरकारले ब्यवस्थित नीति निर्माण गरी पुनर्निर्माण गर्न कत्तिपनि ढिलाई गर्नेछैन ।’ बाढीले बगाएका पुलहरू तत्काल निर्माण गर्न प्राविधिक टोली प्रधानमन्त्री सँगै हेलम्बु आईपुगेको उहाँले जानकारि दिनुभयो । प्रधानमन्त्री ओलीले बाढीले क्षति पु-याएको हेलम्बु गाउँपालिकालाई मेलम्ची खानेपानी विकास समितिको तर्फबाट दुई करोड सहायता रकम हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हेलम्बुमा रहेको मेलम्ची खानेपानी मुहान क्षेत्र र बाढी प्रभावितसँग भेटघाट गरी बाढी प्रभावित क्षेत्र मेलम्चीको अवलोकन र जिल्ला विपद् ब्यवस्थापन समिति मार्फत सिन्धुपाल्चोकको समग्र विपदको अवस्था वारे जानकारि लिने कार्यक्रम मेलम्चीमा सुरु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter