विदेश छाडेर युवा गाउँ फर्किए, तरकारीबाट करोडौंको आम्दानी

ठाकुरप्रसाद आचार्य / म्याग्दी, असार ३० गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानमा ताजा तरकारी र विउ विक्री गरेर किसानहरुले गाउँमा करोडौं रकम भित्राउछन् । धाइरिङका किसानहरुले लगाएको तरकारीले सल्यानको फाँट हरियाली बनेको छ । यहाँका अधिकांश घरपरिवार व्यवसायिक ताजा तरकारी उत्पादनमा सक्रिय छन् । ताजा तरकारी र बिउ विक्री यहाँका किसानहरुको मुख्य पेशा हो ।

ताजा तरकारी उत्पादनका सँगै सल्यान बिउ उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँबाट गोलभेडा र भक्तपुर लोक्कल काक्रोको विउ उत्पादन हुन्छ । विगत १५ वर्ष देखि यता यहाँका किसानले व्यवसायिक रुपमा बिउ उत्पादनमा गर्दै आएका छन् । बिउ विक्रीबाट वर्सेनि करिब डेढ करोड रुपियाँ गाउँमा भित्रिन्छ ।

प्रर्याप्त सिँचाई सुविधा भएको सल्यानमा गोलभेडा र काँक्रो खेतीले फाँट भरिएको हुन्छ । यहाँका किसानले उत्पादन गरेको ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी,पर्वतको कुश्मा, बागलुङ र मुस्ताङसम्म पुग्छ । धाइरिङको ताजा तरकारी भनेपछि बेनीमा खोसाखोस नै हुन्छ ।

यहाँका करिब ८३ घर परिवारले व्यवसायिक रुपमा ताजा तरकारी उत्पादन गरेर लाखौ आम्दानी गर्ने गरेको अगुवा किसान एकनारायण पौडेलले बताउनुभयो । रोजगारीका लागि विदेश पुगेका युवा समेत गाउँफर्किएर तरकारी खेतीमा संलग्न भएको पौडेलले बताउनुभयो । ‘उत्पादन भएको तरकारीले बजार नपाउने चिन्ता छैन । जति उत्पादन गरेपनि बिक्री हुन्छ – पौडेलले भन्नुभयो ।’

बिउ बिक्रीबाट वर्सेनि गाउँमा एककरोड २० लाख रुपियाँ भित्रिने पौडेलले बताउनुभयो । यहाँका किसानले व्यवसायिक रुपमा बेमौसमी तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिने उहाँले बताउनुभयो । विदेशमा सिलाईको काम गर्दथे । विदेशमा बसेर केही नभएपछि गाउँफर्किएर २० वर्ष देखि तरकारी खेती थालेको हुँ पौडेलले भन्नुभयो,‘विदेशमा भन्दा स्वदेशमै परिश्रम गर्न सके माटोमा सुन फलाउन सकिन्छ ।’ पौडेल जिल्लाकै नमुना कृषक हुुनुहुन्छ ।

उर्वर भूमि र प्रार्यप्त सिँचाई सुविधा भएकाले सल्यानको फाँटमा तरकारी खेती राम्रो हुन्छ । फाँटमा जग्गा नभएकाले भाडामा लिएर पनि तरकारी खेती गरेका छन् । ‘साथीहरुको लहलहैमा लागेर विदेश पुगेको थिएँ तर विदेशमा सोचे जस्तो कमाई नभएपछि गाउँफर्किएर तरकारी खेती गरेको छु युवा किसान गणेश आचार्यले भन्नुभयो, ‘आफ्नै माटोमा परिश्रम गर्न सके राम्रो आम्दानी लिन सकिने रहेछ । श्रम गर्न सके दामका साथै खुसी पनि ।’ आचार्यले सल्यानको फाँटमा वार्षिक एकलाख रुपियाँ भाडा तिर्ने गरी तीनरोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । तीन वर्ष विदेश वस्नुभएका उहाँ गाउँफर्किएर व्यवसायिक रुपमा तरकारी खेती गर्न थाल्नुभएको हो ।

गाउँका अगुवा किसान नवराज पौडेलले पनि विगत २० वर्षदेखि व्यवसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । राम्रो सिजन भएमा वार्षिक रुपमा तीन देखि पाँच पाँच लाख रुपियाँसम्म कमाउन सकिने उहाँले अनुभव सुनाउनुभयो ।

तरकारी खेतीलाई थप व्यवसायिक बनाउन र युवालाई तरकारी खेती तर्फ आकर्षित गर्न गण्डकी प्रदेश सरकारले यसै वर्ष देखि मुख्यमन्त्री जलवायु नमुना कृषि गाउँ कार्यक्रम लागू भएको छ । किसानको साझेदारीमा सञ्चालित कार्यक्रम चार वर्ष सम्म सञ्चालन हुने युवा किसान हरिप्रसाद आचार्यले बताउनुभयो । कार्यक्रमका लागि प्रदेश सरकारले यसवर्ष ४० लाख रुपियाँ बराबरको बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमले किसानहरुलाई कृषि औजार र तालिम दिने छ । प्लास्टी घर बनाउन कार्यक्रमले ७५ प्रतिशत अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । कार्यक्रम लागू भएपछि किसानहरु उत्साहित भएको उहाँले बताउनुभयो ।

३३ स्थायी प्लाष्टिक घर र दुईवटा सामुदायिक नर्सरी र १५ वटा भकारो सुधार, १७ वटा मिनिटेलर हलो लगायत अन्य कृषि औजार र बिउ बिजन कार्यक्रमले उपलब्ध गराएको छ । कृषि पेशलाई व्यवसायिक बनाएर आयआर्जनमुलक बनाउन कार्यक्रम लागू भएको वडा अध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter