• Sunday, June 08, 2025

दुर्गम वस्ती, अवकाश जीवन, लोभलाग्दो तरकारी खेती

राजन रावत / हुम्ला, साउन ६ गते । सरकारी जागिरबाट एक वर्ष अघि अवकाश प्राप्त सिमकोट गाउँपालिका–५ का धर्मराज रोकायाको तरकारी खेती लोभ लाग्दो देखिएको छ । सुरुमा काममा व्यस्थ हुन सुरु गर्नु भएको तरकारी खेतीबाट कमाई पनि राम्रो हुन थालेपछि पेशाका रुपमा अहिले लिनु भएको हो ।

सुरुमा काम गर्ने उदेश्यले सुरु गर्नु भएका रोकायाले तरकारी खेतीबाट हाल दैनिक रुपमा पैसा नगदै आउन थालेको बताउनुभयो । दैनिक दुई हजारसम्म तरकारी बिक्रीबाट उहाँलाई नगद आउने र त्यो पैसा सिधै बैंकको खातामा जम्मा गर्ने गर्नु भएको छ । मौसमीभन्दा बेमौसमी तरकारीबाट बढी कमाई हुने बताउने उहाँले अब आफ्नो शरिरले धानेसम्म यो पेशा नछोड्नै सोच बनाउनु भएको छ । बिहान छ बजे नै घरबाट निस्कर बारीमा पुग्ने रोकायाले एक पटक घरमा खानाको समय बाहेक अन्य समय बारीमै बित्ने बताउनुभयो । उहाँलाई श्रीमति मुसी रोकायाले सघाई रहनु भएको छ ।

बार्षिक साढे तीन लाखसम्म कमाई तरकारीबाट उहाँलाई हुने गरेको । दुई रोपनी जमिनमा खेती गरिएको तरकारी बिक्रीका लागि बजारमा पनि जानु नपर्ने उहाँले बताउनुभयो । दुई वटा ग्रीन हाउस र बाँकी खाली जग्गामा तरकारी खेती गर्नु भएको छ । काउली, बन्दा, टमाटर, प्याज, लसुन, धनियाँ लगाएतका तरकारी उत्पादन हुने गरेका छन् । यो उक वर्षमा उहाँले तेस्रो पटक तरकारी उत्पादन गरेर बिक्री सुरु गर्नु भएको छ । एक पटक फेसबुकमा तरकारी बिक्रीका लागि राखिएको मोवाईल नमबरले काम गर्ने गरेको छ । तरकारी किन्ने ग्राहकले अघिल्लो दिनमा तरकारी किन्ने बारे सोध्ने र पछिल्लो दिन बिहान बारीमा गएर उतै आएका ग्राहकलाई बिक्री गर्नु गर्नु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter