ढुङ्गा सिँगारेर बनेको ‘रक गार्डेन’ भाइरल बन्दै

अमरराज नहर्की / तनहुँ, साउन १४ गते । डिभिजन वन कार्यालय तनहुँले निर्माण गरेको मोहोरिया पंछी तथा वनस्पति उद्यानभित्र रहेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । छोटो अवधिमा नै अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । दिनहुँ भिड बढ्न थाले पछि यस उद्यान ‘भाइरल पार्क’’ उपनामले प्रख्याति कमाएको छ । पर्यटकको चहलपहल बढेसंगै सो ठाउँ नजिकै रहेको पाथर्दी सामुदायिक होमस्टे सञ्चालक व्यस्त बन्न पुगेका छन् ।

पर्यटकलाई आकर्षित गर्न तथा पंछीको बासस्थान व्यवस्थापनका लागि मोहोरियास्थित डुमडुमा सामुदायिक वन क्षेत्रमा उद्यान निर्माण गरिएको हो । अग्गा अग्ला हिमालका चुचुरो जस्तो देखिने ढुङ्गालाई सिंगारेर चिटिक्क बनाइयो विगतमा उजाड बनेको सो ठाउँमा मानिसको भीड लागेपछि स्थानीय वासिन्दा चकित परेको मोहरिया समुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खड्काबहादुर थापा मगरले बताउनुभयो ।

बिदाको दिनको पाँच सय अन्य समयमा २५० भन्दा बढी पर्यटक उद्यानको अवलोकनमा आउने गरेको थापाले बताउनुभयो । उद्यान भित्र रहेको ढुङ्गाबाट निर्मित उक्त बगैँचा हेर्न जिल्लाका विभिन्न स्थानीय तहका अतिरिक्त पोखरा, चितवन, गोरखा, लमजुङ, स्याङ्जाबाट समेत अवलोकन गर्ने गरेको थापा बताउनुहुन्छ । प्राकृतिक चुच्चे ढुङ्गालाई सिङगारेर आकर्षक उद्यान बनाएपछि अहिले यसको चर्चा आकासिदै गएको छ । विशेष गरी टिकटक बनाउनेको रोजाईमा पर्न सफल भएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेको परिकल्पनामा उद्यान भित्र रहेका ढुङ्गाहरु सिङगारेर बगैचा बनाईएको अध्यक्ष थापा बताउनुहुन्छ ।

प्राकृतिक रुपमा रहेका यहाँका पानीपोखरी, ढुङ्गालाई संरक्षण तथा चराचुरुङ्गीको बाँसस्थानलाई समेत सुरक्षित गर्दै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी स्थानीयको वासिन्दाको आम्दानी बढाउने उद्धेश्यले पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कोमलराज काफ्लेले गण्डकी प्रदेश सरकारबाट वनस्पति तथा पंक्षी उद्यानमा शीर्षकमा वजेट प्राप्त भएपछि निर्माण गरिएको जानकारी दिनुभयो । वनस्पति तथा पंक्षीको लागि उचित वातावरण भएको स्थान भएकोले ठाउँ यो छनोट गरिएको उहाँले बताउनुभयो । प्राकृतिक सन्तुलनलाई केही पनि नबिगारिकन निर्माण गरिएको काफ्ले बताउनुहुन्छ । ‘‘प्राकृतिक रुपमा रहेका अग्ला ढुङ्गालाई केही पनि नबिगारी ढुङ्गाहरु विच्छाएर र सिँगारेर बनाईएका छौं’’ डिभिजन प्रमुख काफ्लेले भन्नुभयो । प्लाटिक, आल्मुनियम, सिमेन्टभन्दा पनि ढुङ्गा माटो र काठको प्रयोग गरी निर्माण गरिएको प्रकृति हिसाबले प्रकृतिलाई सिँगार्ने काम भएको छ’’ काफ्लेले भन्नुभयो । पर्यटकलाई आवश्यक पर्ने आधारभूति कुुराहरु पूरा गर्नु जरुरी रहेको उहाँले सुझाव दिनुभयो । कार्यालयको २० लाख र जनसहभागिता ५ लाख गरी २५ लाख रुपियाँमा निर्माण गरिएको डिभिजन
प्रमुख काफ्लेले जानकारी दिनुभयो । पाहुनालाई सत्कार गरेर रकम आर्जन गर्ने र युवालाई गाउँमै रोजगारी दिने उद्यानको मूख्य लक्ष्य रहेको छ ।

डिभिजन प्रमुख काफ्लेका अनुसार स्थानीय उत्पादन, आम्दानी, रोजगारीको प्रवद्धनबाट स्थानीय अर्थतन्त्र चलायमान बनाई जनताको जीविकोपार्जन सुधार सुधार गर्ने , कालान्तरमा सरोकारवालाको ध्यान आर्कषण गराई उचित बजेट तथा साधनश्रोतको व्यवस्थापन गर्न सकिएमा वनस्पती तथा पंक्षीपार्क तथा चिडिया खानााको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य छ । थप आकर्षा बनाउन शिद्ध गुफाबाट मोहोरिया जोड्न पैदलमार्ग पूरा गर्नुपर्ने , समूहको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नुपर्ने , मान्छेको भीड बढेर बनेको संरचना नै विग्रन सक्ने हुँदा उचित व्यवस्थापन तत्काल सुरु गर्नु पर्ने डिभिजन प्रमुख काफ्ले बताउनुहुन्छ । । डिभिजन वन कार्यालयमा हाल थप वजेटको व्यवस्थापन नभएकोले प्रदेश सरकार, स्थानीय सरकारले विशेष महत्व दिनुपर्ने उद्यानको अवधारणालाई मुक्त गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

भिमाद –७ बाट आउनुभएका रोशन पराजुली नौलो र रमणीय ठाउँ लागेको बताउनुभयो । पाहुनलाई आउन सहज बनाउन सडकको स्तराेन्नति र पार्किङ स्थल, फूलहरु धेरै लगाउनुपर्ने खानेपानी बनाउन आवश्यक रहेको पराजुलीले बताउनुभयो । सोही ठाउँका कपिल भण्डारी सामाजिक सञ्जलमा आकर्षण रक गार्डेनको तस्विर देखेपछि अवलोकन गर्न बताउनुभयो । ‘‘सोचेभन्दा बढी राम्रो रै’छ , हेर्नै पर्ने ठाउँ हो यो’’ पराजुलीले भन्नुभयो । उद्यानमा चराचुरुङ्गीको आकर्षण स्थल बनाउने चराचुरुङ्गीले मन पन पराउने रुखका बोट तथा फूलहरु लगाइएको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरुण पराजुलीले चराको बास बस्नको लागि उद्यानमा चराको गुँडहरु बनाइएको जानकारी दिनुभयो । यस्तै, ढुङ्गाको खोपिल्टोमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी साना–साना पानीपोखरी र चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । यस स्थानमा मगर समुदाय बाहुल्यता रहेको बसोबास छ । मगर भाषामा घाङ्च (अग्लो) ल्हुम (ढुङ्गा) भनिने जङ्गलमा रहेको ढुङ्गालाई सिँगारेर पार्क बनाईएको हो । सुन्दर गाउँ पाथर्दी, सिद्ध गुफा, चमेरो गुफा, पाइमीको भ्यु टावर, इलुङ झरना यस क्षेत्रका अन्य आकर्षक गन्तव्य हुन
् । यस क्षेत्रमा प्रकृतिसँग रमाउने पर्यटकको बासका लागि त्यहाँबाट आधा घण्टा पैदल यात्रमा मै पुग्ने सकिने पर्यटकीय गाउँ पाथर्दीमा सामुदायिक होमस्टे पनि सञ्चालन गरिएको छ । साविक भानुमति गाविसको पाथर्दी गाउँ बोर जातका बाख्राको पकेट क्षेत्रका रुपमा पनि विकास गरिएको छ । यस उद्यानमा पर्यटकको भीड लागेपछि पहिला खाली रहेका पाहुना घरहरु भरिन थालेको पार्थदी सामुदायिक होमस्टेका अध्यक्ष शिवकुमार आलेले बताउनुभयो । उद्यानले सुन्दरताले त्यस क्षेत्रको थप पहिचान भएको अध्यक्ष आले बताउनुहुन्छ । प्रकृति ढुङ्गालाई चिटिक्क रुपमा प्राकृतिक तवरले नै सिङ्गाएर बनाइएको उद्यान हाल निकै भाइरल भइरहेको छ । ढुङ्गालाई सिङ्गारेर चिटिक्कको पार्क बनाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्राकृतिक अवस्थालाई विग्रन नदिने र परिवर्तन नगर्ने, प्राकृतिक तवरले बनेका आकृतिहरुको संरक्षण र जगेर्ना गरी आर्कषको रुपमा विकास गर्ने डिभिजन वन प्रमुख काफ्लेको योजना अनुसार निर्माण गरिएको हो । जस्तो प्राकृतिक रुपमा रहेको दुई वटा खोपिल्टालाई पानीको पोखरीको रुपमा, पोखरी भरिसकेपछि झरनाको रुपमा सजाउने गरी अनौठो सृजना गरिएको छ । संरचना बलियो र जमिनविहीन बनाउन न्यून मात्रामा सिमेन्टको प्रयोग गरिएको छ । ढुङ्गाहरुको बीचबीचमा आवतजावतको लागि ढुङ्गा बिछाएर बाटो निर्माण र ढुङ्गाको पर्खाल निर्माण गरी अग्ला ढुङ्गाको पूरा आकृतिलाई एक ढिक्का गोलाकार बनाइएको कार्यालये जनाएको छ । पानीको उचित प्रबन्ध गरी विभिन्न जातका बिरुवा हुकाई हरियालीको प्रबन्ध गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter