नीतिगत सुधार जरुरीः व्यबसायी, कार्यविधि ल्याउँदै छौंः मन्त्रालय

छेटु शेर्पा / काठमाडौं, साउन १७ गते । कोरोनाभाइसर (कोभिड–१९) को महामारीले दुई वर्षदेखि ठप्प भएको पर्यटन क्षेत्रको सुधारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि ल्याउने भएको छ । नेपालको अर्थतन्त्रको आधाहिस्सा ओगटेको पर्यटन व्यवसाय तथा पर्यटकीय गतिविधि शुन्यस्तरमै फर्किएको भन्दै मन्त्रालयले यसको सुधारका लागि प्रभावकारी योजनासहितको कार्यविधि ल्याउन काम शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो ।

तुरुन्तै पुरानै शैलीमा फर्कन समय लाग्ने छ तर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज र सुविधाहरु दिएर पर्यटन क्षेत्रमा सुधार ल्याउने छलफल भएको सुवेदीले बताउनुभयो । मन्त्रालयले सबै तयारी गरे पनि मन्त्री नहुँदा निर्देशनात्मक काम बाँकी रहेको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुको सुझावलाई समेत कार्यविधिमा समावेश गरिने छ । पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेर व्यवसाय प्रवर्द्धनमा जोड दिइने गरी मन्त्रालय अघि बडेको जनाएको छ ।

कोभिडपछि दुवई, माल्दिभ्स, श्रीलंकालगायतका देशमा पर्यटन क्षेत्रको सुधार भई सकेको पर्यटन व्यवसायी एवं होटल एसोसिएनस नेपालका बरिष्ठ उपाध्यक्ष विनायक शाहले बताउनुभयो । नीतिगत सुधार मात्र गरे ५० प्रतिशत सुधार हुने बताउदै अर्थमन्त्रीले ल्याउन लाग्नु भएको आर्थिक श्वेतपत्रमा पर्यटन क्षेत्रको सुधार बारे गम्भीर भएर सबै विषय समेट्न उहाँले सझाव दिनुभयो । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख गरेका विषय निजामती कर्मचारीलाई १० दिन पर्यटन काज, विदेशी पर्यटकलाई ३० दिनको भिषा शुल्क मिनाहा गर्नेे निजामती कर्मचारीलाई देशदर्शन गराउने योजना कार्यन्वयन गराउनु पर्ने उहाँले सुझाव दिनुभयो ।

यता पर्यटन व्यवसायी वाङछु शेर्पाले भने सरकारले घोषणा गरेका कार्यक्रमहरु मात्र कार्यन्वयन गरे पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । घोषणा गर्ने कार्यन्वयन नगर्ने र प्रभावकारी कार्यक्रमहरु ल्याउन नसक्दा सम्भावनाहरु गुम्दै गएको उहाँको भनाई छ । सरकारले यस वर्ष पर्यटन क्षेत्रसँग सम्वन्धित संघसंस्था नविकरण समेत निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रालयसँगै निजी क्षेत्रबाट नेपाल पर्यटन बोर्डबाट प्रवद्धनात्मक अध्ययनहरु शुरु गरेको मन्त्रालयले जनाएको छ ।

पर्यटकीय गन्तव्यको पहिचान र विकास, गुणस्तरीय पर्यटक प्रवेशमा जोड, पर्यटकको बसाइ अवधि लम्व्याउने जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । हाल नेपाल आएका पर्यटक सरदरमा १५ दिनसम्म मात्र बस्ने गरेको मन्त्रालयको तथ्याङ्क छ । भारीतय पर्यटक, सार्क राष्ट्र लगायत तेस्रो मुलुकको पर्यटकलाई भिषा शुल्कमा छुट दिने गरी बजेटमा उल्लेख गरी सकेकाले तत्काल लागू गर्न मन्त्रालयले काम अघि बडाएको जनाएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनमा कर्मचारीका लागि १० दिन पर्यटन काज समेत यसै भदौदेखि लागू गर्ने मन्त्रालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter