• Wednesday, April 16, 2025

एक हजार ७९३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३३ जनाको मृत्यु

काठमाडौं, साउन ३१ गते । पछिल्लो २४ घण्टामा एक हजार ७९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको अाठहजार ८८ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार २९२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ७० हजार ७७० जनाले खाेप लगाएका छन् । नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय सङ्क्रमित छन् । जसमा ८५८ जना सघन कक्षमा र १९३ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter