दुई हजार ५६६ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

काठमाडौं, साउन ३२ गते । पछिल्लो २४ घण्टामा दुई हजार ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ९३ वटा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पाँच हजार ५१८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८८५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४५८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३२७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ५८ हजार ३३५ जनाले खाेप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ३७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९५ जना सघन कक्षमा र १९७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter