• Monday, June 16, 2025

पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

काठमाडौँ, भदौ ९ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको काम सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सम्पन्न प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकले प्राधिकरणले हालसम्म गरेका कामलाई धन्यवाद दिँदै पुनःनिर्माणमा बाँकी काम सम्पन्न गर्न हस्तारन्तरण प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।

बैठकले प्राधिकरणबाट भएका काममध्ये विपद्सँग सम्बन्धित काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समन्वय अनुुगमन र व्यवस्थापन गर्ने निर्णय गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुुभयो ।

यसैगरी शहरी विकास मन्त्रालयले निजी आवास पुनःनिर्माणसँग सम्बन्धित तथा स्वास्थ्य संस्था र सरकारी भवन निर्माणको कामलाई व्यवस्थापन गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको पुनःनिर्माणसँग सम्बन्धित र विश्वविद्यालको पुनःनिर्माणको कामलाई व्यवस्थापन गर्ने निर्णय भएको उहाँले बताउनुुभयो ।

बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, प्रमुख विपक्षी दल नेकपा (एमाले) का तर्फबाट रामबहादुर थापालगायत उपस्थित हुनुहुन्थ्यो । कानूनले तोकेअनुुसार प्राधिकरणको अवधि आगामी पुस १० गते समाप्त हुँदैछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter