• Monday, June 16, 2025

नेपाल कानुन आयाेगका अध्यक्षमा जागेश्वर सिंह सुवेदी नियुक्त

काठमाडौं, भदौ १० गते । सरकारले नेपाल कानुन आयाेगका अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सिंह सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।

साथै राष्ट्रिय योजना आयोगको सदस्य पदमा पुष्परमण वाग्ले र सलोनि प्रधान सिंह नियुक्त हुनुभएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै जो कुराको जानकारी दिनुभएको हो । साथै सरकारले दार्चुलामा तुइन तर्दा वेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको पििरवारलाई दश लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । गत साउन १५ गते कहामाली नदीमा वेपत्ता धामी हालसम्म फेला पर्नुभएको छैन । उहाँको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter